ओनसरी घर्ती

प्रतिनिधिसभा सदस्य
काठमाडौं-२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४४
प्राप्त मत
९४५९
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

रोल्पाको सामान्य परिवारबाट राजनीतिमा होमिएकी ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुनुहुन्छ । ओनसरी घर्ती मगरको २०३४ साल कात्तिक २८ गते रोल्पाको बैङ्कोटमा भएको थियो । माओवादीमा ‘उषा’ नामले परिचि घर्ती ३८ वर्षको युवा उमेरमा नै सभामुख पदमा निर्वाचित हुने सम्भवतः नेपालको राजनीतिक इतिहासमा कान्छो सभामुख पनि हुनुहुन्छ । 

विसं २०४६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य तथा नेकपा एकता केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभयो । माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुनुहुन्छ । विसं २०५२ मा पार्टीको जिल्ला भेलामा माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गर्नुभएको थियो ।

घर्तीले २०५२ सालको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी भइ भूमिगत जीवन पनि बिताउनुभयो । यस्तै २०५४ मा नेकपा माओवादी रोल्पा जिल्ला समिति सदस्य, २०५७ मा क्षेत्रीय ब्यूरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्यूरो सदस्य हुँदै २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभयो । २०६७ को झलनाथ खनाल मन्त्री परिषदमा युवा तथा खेलकुदमन्त्रीसमेत बन्नुभएकी घर्ती दोस्रो संविधानसभा चुनावमा रोल्पा २ नम्बर क्षेत्रबाट विजयी हुनुभयो । २०७० मा उपसभामुख र २०७२ मा सभामुख बन्नुभएकी घर्ती २०७४ को चुनावमा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो ।