बाजुराका हेमराज थापा पहिले जनता समाजवादी पार्टीको विद्यार्थी संगठनका सचिव हुनुहुन्थ्यो । अहिले उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । केही वर्षदेखि विभिन्न मुद्दा लिएर माईतीघरदेखि बालुवाटारसम्म प्रदर्शन गर्दै आउनुभएका थापाले संसदबाट नागरिक र देशका पक्षमा लड्ने बताउँदै आउनुभएको छ ।
आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासतमा बसेका हेमराज भ्रष्ट्राचारको अन्त्य गर्ने भन्दै चुनावी मैदानमा उत्रिनुभएको हो ।