जीवन राम श्रेष्‍ठ

प्रतिनिधिसभा सदस्य
काठमाडौं-८

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५६
प्राप्त मत
४८८१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
व्यवस्थापनमा स्नातक

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठको जन्म २०२२ साल साल पुस १५ गते काठमाडौंको स्वयम्भूमा भएको हो । आमा वसन्तमाया र बुबा कृष्णरामका छोरा उहाँले व्यवस्थापनमा स्नातक गर्नुभएको छ ।
१४ वर्षको उमेरदेखि नै राजनीतिमा होमिएका जीवनराम ०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित हुनुभएको थियो । त्यसै बेलादेखि भूमिगत नेकपा मालेको सम्पर्कमा पुग्नुभएका उहाँले क्रमश: पार्टीको वडा, नगर, इलाका, जिल्ला र उपत्यकाको नेतृत्व पूरा गर्नुभयो ।
२०४३ सालमा काठमाण्डौ वडा नम्बर १५ मा पार्टी सचिवका रुपमा जिम्मेवारी लिएर पञ्चायत व्यवस्था विरोधी आन्दोलनमा सक्रिय हुनुभएका उहाँ २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापनादेखि नै सक्रिय हुनुभयो ।
प्ररायुसंघको नगर र जिल्लाको नेतृत्व गर्दै ०४८ सालमा एमाले पार्टीको केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । ०४९ सालमा काठमाण्डौ वडा नम्बर १५ का वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी पूरा गरेका उहाँ २०५३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव हुनुभयो । ०६३ सालमा पुन: दोस्रो पटक पनि उहाँ सदस्य सचिव हुनुभयो । 
नेपाल ओलम्पिक कमिटीको महासचिव, नेपाल स्की संघका अध्यक्ष, ओलम्पिक कमिटीका अध्यक्षसमेत भइसक्नु भएका उहाँले २०७४ सालमा काठमाण्डौ क्षेत्र नम्बर ८ बाट संसदीय चुनाव जित्नु भएको हो । अहिले उहाँ शेर बहादुर देउवाको मन्त्रीमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ ।