उदय शंशेर ज.ब.राणा

प्रतिनिधिसभा सदस्य
ललितपुर-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५२
प्राप्त मत
२३८९२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता सागर शमशेर राणाका छोरा उदय शमशेर राणा राजनीतिमा नयाँ अनुहार होइन । उहाँ पारिवारिक पृष्ठभूमिका कारण नै राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलबाट आफ्नो राजनीतिक यात्रा सुरु गरी तरुण दलको अध्यक्षसमेत हुनुभयो । उहाँ राजनीतिक नेता मात्र नभएर एक सफल व्यवसायी पनि हुनुहुन्छ ।


शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीको रुपमा काम गरिरहनु भएका राणाले २०७० सालको दोस्रो संविधानसभाको चुनावमा क्षेत्र ललितपुर क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । तर, २०७४ सालको चुनावमा भने उहाँ पराजित हुनुभयो । 


अहिले उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।