शशांक कोइराला

प्रतिनिधिसभा सदस्य
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
२७०६७
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
शैक्षिक योग्यता
एमबीबीएस

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य शशांक कोइराला बीपी कोइरालाका छोरा हुनुहुन्छ । उहाँको जन्म २०१५ सालको असोजमा भएको हो ।
विद्यालय तहको शिक्षा सिनियर क्याम्ब्रिज स्कुल दार्जिलिङबाट लिएका नेता कोइरालाले त्यसपछिको शिक्षा भारतको काशी हिन्दु विश्वविद्यालय बनारसबाट लिनुभएको हो । बनारसबाट बिएस्सी सम्मको शिक्षा लिएका कोइरालाले काशी हिन्दु विश्वविद्यालयबाटै एमबीबीएससम्मको शिक्षा लिनुभएको छ ।


अहिले काठमाण्डौको टोखामा बसोबास गर्दै आउनुभएका नेता शशांक कोइरालाले २०२४ सालबाट नेपाली कांग्रेसको राजनीति सुरु गर्नुभएको हो । २०२४ सालमा उहाँ भारतको बनारसमा नेपाली विद्यार्थीको छात्र संघको सदस्य बन्नुभएको थियो । 
२०६४ र २०७० सालको संविधानसभा चुनावमा नवलपरासीबाट चुनिनुभएका शशांक कोइराला २०७४ सालको संसदीय चुनावमा पनि विजयी हुनुभयो । उहाँ अहिलेसम्म मन्त्री बन्नुभएको छैन । यस पटक पनि नवलपरासी पूर्व क्षेत्र नं. १ बाट उम्मेदवार बन्नु भएको छ । 
२०७२ सालमा पार्टीको १३ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएका कोइराला १४ महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा खुलातर्फबाट विजयी हुनुभयो ।