सोम प्रसाद पाण्डेय

प्रतिनिधिसभा सदस्य
पाल्पा-२

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६७
प्राप्त मत
२४८९९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएका नेता सोमप्रसाद पाण्डेयको जन्म २०१६ सालको असारमा पाल्पाको मदनपोखरामा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय काठमाण्डौबाट कानुनमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । शारदा मावि मदनपोखराबाट एसएलसी दिनुभएका पाण्डेयले २०४४ सालमा दमकडा पाल्पामा अध्यापन समेत गराउनु भएको थियो । 

२०२७ सालदेखि उहाँले राजनीति सुरु गर्नु भएको हो । माक्र्सवादी हुँदै माले र पार्टी एकतापछि एमालेमा रहनुभएका पाण्डेय २०५१ सालमा पहिलोपटक सांसदमा निर्वाचित हुनुभएको थियो । ५ वर्षपछि २०५६ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पनि पाण्डे पाल्पा क्षेत्र नम्बर २ बाटै निर्वाचित हुनुभयो । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका पाण्डेय २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी हुनुभयो । चुनाव जितेपछि २०७२ सालमा उहाँले उद्योगमन्त्रीको जिम्मेवारी पनि पाउनुभएको थियो । फेरि २०७४ को प्रतिनिधि सभा चुनावमा पनि उहाँ यही क्षेत्रबाट विजयी हुनुभयो ।

वि.स.२०५१ सालमा नेपाल वार एसोशिएसनको अध्यक्ष बन्नुभएका पाण्डे २०५६ सालमा एमाले जिल्ला कमिटी सदस्य हुँदै नेकपा एमाले पाल्पाको इन्चार्जसमेत हुनुभयो । अहिले एमाले विभाजनपछि उहाँ एकीकृत समाजवादीमा हुनुहुन्छ । उहाँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा वरिष्ठ नेता माधव नेपालका सम्धी पनि हुनुहुन्छ । पाण्डेको हालको बसाई काठमाडौंको नयाँ बानेश्वरमा छ ।