बाल कृष्ण खाँण

प्रतिनिधिसभा सदस्य
रुपन्देही-३

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६२
प्राप्त मत
३४०३६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

विद्यार्थी राजनीति मार्फत वि‍.स. २०३० सालबाट राजनीति प्रारम्भ गर्नुभएका खाण नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री रहिसकेका खाण अहिले गृहमन्त्री हुनुहुन्छ । 

खाणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । २०४८ को संसदीय चुनावमा रूपन्देही क्षेत्र नं ३ बाट विजयी खाण २०५१ मा समेत संसदका उम्मेदवार हुनुहुन्थ्यो । २०७४ को प्रतिनिधि सभा चुनावमा रुपन्देही ३ मा समानुपातिकबाट निर्वाचित हुनुभएकाे थियाे । अहिले उहाँ सङ्घीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि हुनुहुन्छ ।

राजनीतिक यात्राका क्रममा उहाँले पञ्चायतकालमा करीब २ वर्ष जेलजीवन बिताउनुभएको छ। उहाँले ने.वि. संघको अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी वर्गको नेतृत्त्व गर्नुभएको थियो । उहाँका तीन छोरी र एक छोरा छन् ।