दुर्गा पौडेल

प्रतिनिधिसभा सदस्य
प्युठान

राष्ट्रिय जनमोर्चा

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
३५८४४
लिङ्ग
महिला
हालको पद
उपाध्यक्ष, राष्ट्रिय जनमोर्चा
शैक्षिक योग्यता
स्नातकोत्तर

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको जन्म २०२८ साल असोज ६ गते कपिलवस्तुको निग्लिहवा –२, मा भएको हो । उहाँको बुवाको नाम विष्णुप्रसाद पौडेल र आमाको नाम बुद्धदेवी पौडेल हो ।
स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेकी पौडेलले २०४१ सालदेखि कम्युनिष्ट राजनीति सुरु गर्नुभएको हो । उहाँ राष्ट्रिय जनमोर्चाको चौथो महाधिवेशनबाट अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँले २०५७ सालमा तत्कालीन नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंहसँग विवाह गर्नुभएको थियो । ६० वर्ष पार गरेका नेतासँग विवाह गरेको भनेर उहाँहरुको विवाहको आलोचना पनि भएको थियो ।
दुर्गा पौडेल २०५६ सालको चुनावमा कपिलवस्तुबाट चुनावमा प्रतिष्पर्धा गरे पनि पराजित हुनुभएको थियो । यस्तै उहाँ २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाण्डौ १० बाट पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा उहाँ समानुपातिकबाट सभासद बन्नुभयो । २०७४ सालको संसदीय चुनावमा प्यूठान क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी उहाँले विजय हासिल गर्नु भएको हो ।