पूर्ण बहादुर खड्का

प्रतिनिधिसभा सदस्य
सुर्खेत-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६६
प्राप्त मत
४२६०७
लिङ्ग
पुरुष
हालको पद
उपसभापति, नेपाली कांग्रेस
शैक्षिक योग्यता
अर्थशास्त्रमा स्नातकोत्तर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको जन्म विसं २०१२ साल फागुन १७ गते पाम्का ८ भोर्जनी, सुर्खेतमा भएको हो । उहाँका बुबाको नाम प्रेमबहादुर र आमाको नाम मायादेवी खड्का हो । खड्काका एक छोरा हुनुहुन्छ । खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
खड्का विसं २०३१ सालदेखि पार्टीगत राजनीतिमा लाग्नु भएको थियो । खड्का २०४८, २०५१ र २०५६ सालको संसदीय चुनावमा सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । २०६४ सालमा समानुपातिक सांसद भएका नेता खड्का २०७० तथा २०७४ सालको संविधानसभाको चुनावमा पनि सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । उहाँ प्रजातन्त्रको पुनस्र्थापनापछि वाणिज्य, युवा तथा खेलकुद, संस्कृति, जनसंख्या, वातावरण, सूचना तथा सञ्चार, उद्योग तथा गृहमन्त्री भइसक्नु भएको छ ।
उहाँले राजनीति गर्ने क्रममा ५ महिना जेल जीवन बिताउनु भएको छ । खड्का पार्टी विभाजनका समयमा नेपाली कांग्रेस लोकतान्त्रिकको पनि केन्द्रीय सदस्य हुनुभएको थियो । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका खड्का चौधौँ महाधिवेशनमा भने उपसभापतिमा विजयी हुनुभएको हो ।