हृदयराम थानी

प्रतिनिधिसभा सदस्य
सुर्खेत-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६२
प्राप्त मत
३४६२५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातकोत्तर

हृदयराम थानीको जन्म विक्रम संवत २०१६ साल जेठमा गढी गाविसको बयलकाँडा, सुर्खेतमा भएको हो । उहाँको बुवाको नाम पद्मलाल थानी र आमाको नाम देवी थानी हो । विद्यालय शिक्षा जनमाध्यामिक विद्यालय सुर्खेतबाट पूरा गरेका थानीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।
उहाँले ०३६ सालदेखि विद्यार्थी संगठनमार्फत राजनीति सुरु गर्नुभएको हो । राज्य व्यवस्था समितिका सभापतिसमेत भइसकेका थानी २०५६ सालमा सांसद हुनुभएको थियो । यस्तै उहाँ २०७० सालमा सुर्खेतबाट प्रत्यक्षमा निर्वाचित हुनुभएको थियो । २०५१ सालको चुनाव र २०६४ सालमा संविधान सभा चुनावमा भने उहाँ पराजित हुुनुभएको थियो । यस्तै २०७४ सालको चुनावमा पनि सुर्खेत क्षेत्र नम्बर २ बाट पराजित हुनु भएको थियो ।
नेता हृदयराम थानी २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा गरिबी निवारण तथा सहकारी मन्त्री हुनुहन्थ्यो । उहाँसँग स्थानीय निकाय संचालनको समेत अनुभव छ । थानी ०४९ सालमा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ को वडा अध्यक्ष हुनुहुन्थ्यो ।