शेर बहादुर कुँवर

प्रतिनिधिसभा सदस्य
अछाम-१

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५६
प्राप्त मत
१९५३४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

शेरबहादुर कुँवरको जन्म वि.स. २०२३ वैशाख २६ गते अछामको चौरपाटी गाउँपालिका ४ मा भएको हो । अछाममा सादगी नेताको परिचय बनाउनुभएका नेता कुँवर अहिले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । २०७८ भदौ २ मा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि गैरसांसदका रुपमा मन्त्रिपरिषद् सदस्य बन्नुभएका उहाँले श्रम मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

कुँवरले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । निर्दलीय पञ्चायत व्यवस्था विरोधी आन्दोलनबाट प्रभावित भएर २०४२ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका कुँवर शुरुदेखि नै वामपन्थी विचारधारामा लाग्नुभयो । यसअघि उहाँ अनेरास्ववियु अछाम जिल्ला अध्यक्ष र एमाले अछाम जिल्ला उपसचिवसमेत हुनुहुन्थ्यो ।