अहिले नेकपा एकीकृत समाजवादीमा आबद्ध भानुभक्त जोशी बझाङका सशक्त वामपन्थी नेता हुनुहुन्छ । संविधानसभाको पहिलो चुनावमा उहाँ एमालेको तर्फबाट बझाङ क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । झलनाथ खनाल प्रधानमन्त्री भएको बेला जोशी २०६६ फागुनदेखि ६ महिनासम्म वनमन्त्री हुनुभएको थियो ।
तत्कालीन नेकपामा जोशी सुदूरपश्चिम प्रदेशको सहइन्चार्जको भूमिकामा पनि रहनुभएको थियो । यस्तै एमालेभित्र समानान्तर कमिटी गठन हुँदा प्रदेश अध्यक्षको जिम्मेवारीमा बस्नुभएको थियो ।