प्रेम वहादुर आले

प्रतिनिधिसभा सदस्य
डोटी

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
२७२१०
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
प्रविणता प्रमाण पत्र तह

नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले मगरको जन्म २०२८ साल वैशाख १७ गते डोटीको छतिवन गाविस ९ मा भएको हो । उहाँका बुबाको नाम टेकबहादुर आले र आमाको नाम गंगादेवी आले हो । उहाँले भारतको मुम्बईमा रहेको सेन्टमेरिज हाईयर सेकेन्डरी स्कूलबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गर्नुभएको छ ।


भारतमा अध्ययनकै क्रममा २०४० सालमा शिव सेनाबाट राजनीति सुरु गरेका आले २०५१ सालमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । तत्कालीन मनमोहन अधिकारीको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने अभियानबाट प्रेरित भएर नेकपा एमाले प्रवेश गरेका आले त्यसअघि नेपाली कांग्रेसको सक्रिय सदस्य हुनुहुन्थ्यो भने अहिले उहाँ नेकपा एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीका नेता हुनुहुन्छ ।


नेकपा एमाले डोटीको जिल्ला उपसचिव भएर दुई कार्यकाल काम गरेका उहाँ डोटी क्षेत्र नम्बर २ बाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुनुहुन्थ्यो । उहाँले २०७४ सालको संसदीय चुनाव डोटी क्षेत्र नम्बर १ बाट जित्नु भएको हो । आलेले वन र पर्यटन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।