नारायण प्रकाश साउद

प्रतिनिधिसभा सदस्य
कञ्चनपुर-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
२८१३६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउद, एनपी साउदका नामले चिनिनुहुन्छ । नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने साउदले महेन्द्र मावि कञ्चनपुरबाट एसएलसी तथा इलाहावाद, उत्तरप्रदेश भारतबाट प्रविणता प्रमाणपत्र तह र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्रीण गर्नुभएको छ ।
२०१९ सालको साउनमा डडेल्धुरामा जन्मिएका साउदले २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य रहेर राजनीति थाल्नु भएको हो । साउद २०५६ सालमा प्रतिनिधि सभा सदस्य हुनभएको थियो ।
उहाँ २०६३ सालमा पनि व्यवस्थापिका संसदको सदस्य हुनुहुन्थ्यो । २०७० सालको चुनावमा कञ्चनपुर २ बाट विजयी भएका साउद २ पटक मन्त्री भैसक्नुभएको छ । उहाँ २०५८ सालमा शिक्षा तथा खेलकुद मन्त्री हुनुभएको थियो भने २०७० सालमा सिँचाइ मन्त्री हुनुभएको थियो ।