रमेश लेखक

प्रतिनिधिसभा सदस्य
कञ्चनपुर-३

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५८
प्राप्त मत
३०५७५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
एमए र कानुनमा स्नातक

नेपाली कांग्रेसका नेता रमेश लेखकको जन्म २०२० सालको मंसिरमा बैतडीमा भएको हो । बैजनाथ मावि कञ्चनपुरबाट एसएलसीसम्मको अध्ययन गरेका लेखकले सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएस्सी पूरा गर्नुभएको छ । लेखकले लखनउ विश्वविद्यालयबाट एमए र लखनउ विश्वविद्यालयबाटै कानुनमा स्नातक गर्नुभएको छ । 


२०३७ सालदेखि राजनीति थालेका लेखक २०५६ सालमा प्रतिनिधिसभा सदस्य हुनुभयो । २०६४ र २०७० सालको चुनावमा उहाँ कञ्चनपुर क्षेत्र नम्बर ४ बाट विजयी हुनुभयो । २०७४ सालको संसदीय चुनावमा भने कञ्चनपुर क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको थियो । 


नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि श्रम मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएको थियो ।