'निर्णय' वेब सिरिज

 माघ २६, २०७६ आइतबार
unn.prixa.net

भिजिबल इमप्याक्टले सुरु गरेको 'निर्णय' एक युवतीको आफ्नो शरीरमाथिको अधिकार र निर्णय सम्बन्धीको वेब सिरिज हो ।

६ वटा भाग रहेको यस वेब सिरिज जम्मामा एक घण्टाको रहेको छ । सिरिजको प्रमुख पात्र एलिजा खतिवडा एक आर्किटेक्ट विद्यार्थी हुन् जो गर्भवती हुन्छिन् । उनले भोग्नुपरेको समस्या र बाधामा यस वेब सिरिजको कथा बाँधिएको छ ।

भाग एकमा एलिजा खतिवडा एक आर्किटेक्ट विषयकी विद्यार्थी हुन् जो पढाईमा अब्बल छिन् र आउँदो परीक्षाको लागि मेहनत गर्दैछिन् ।

उनले सुरक्षित गर्भपतन-महिलाको अधिकार विषय रहेको वादविवाद प्रतियोगितामा सहभागिता जनाउँदै सन् २०१५ देखि नै सुरक्षित गर्भपतलाई संवैधानिक र मौलिक हक अन्तर्गत महिलाहरुको अधिकारको रुपमा पनि सुनिश्चित गरिएको कुरा राख्दै सुरक्षित गर्भपतको हक महिलाले पाएदेखि मातृत्व मृत्यु दर कम हुन थालेको र यो हकलाई सुनिश्चित गर्नपर्ने कुरालाई जोड दिँदै आफ्नो तर्क प्रस्तुत गरिन् ।

प्रतियोगिता जितेर आफ्नो प्रेमीसँग रमाइलो गरेर फर्किएकी एलिजा घर पुगेर केही समय आमासित बिताउँछिन् र अन्त्यमा गर्भ जाँच गर्दा आफू गर्भवती भएको थाहा पाउँछिन् । कथा अगाडि बढ्दै जादा एलिजाले कसरी सयौं चुनौतीको सामना गर्दै जान्छिन् बाँकी भागहरूमा हेर्न सकिन्छ ।