ब्यक्तिगत घटना दर्ता समयमै गर्दा के के फाइदा हुन्छ ?
साउन २७, २०७५ आइतबार
लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन । पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा कोषबाट ५ लाख रुपैयाँसम्मको सहयोग पाईन्छ ।
कानूनले एकल महिला कस्लाई मानेको छ र एकल महिला सुरक्षा कोषबाट के कति सहयोग पाईन्छ भनेर जानकारी लिन भिडियो हेर्नुहोस् ।
एकल महिला सुरक्षा कोषका बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha) मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ । थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।
यो सामग्री मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्सफाम नेपालको सहयोगमा तयार पारिएको हो ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह सम्बन्धि थप जानकारीका लागि
फेसबुक: https://www.facebook.com/WHRnepal/
ट्वीटर: https://twitter.com/WHRNepal
वेवसाइट: http://whr.org.np/
इमेल: [email protected]