गण्डकीकाे बजेट बहुमतले पारित

 असार २२, २०८० शुक्रबार १८:१२:५७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकार ल्याएको आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएकाे छ । प्रदेशका अर्थमन्त्री मामिला मन्त्री जीतप्रकाश आलेले गएकाे असार १ गते प्रदेशसभामा पेस गर्नुभएकाे बजेट आज पारित भएको हो ।

गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका थिए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले विरोध गरेका थिए ।

कुल बजेटमध्ये चालुगततर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ अर्थात् ३८ दशमलव १ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार रुपैयाँ अर्थात् ६० दशमलव ४ प्रतिशत ल्याइएको थियो ।

सरकारले एक अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट लिने लक्ष्यसहित बजेट ल्याएको थियो । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट नाै अर्ब पाँच करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । रोयल्टी बाँडफाँटबाट ४० करोड, ससर्त अनुदानतर्फ चार अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान अर्थमन्त्री आलेकाे छ ।

प्रदेशको आन्तरिक स्रोतबाट राजस्वबापत पाँच अर्ब १६ करोड ९१ लाख सङ्कलन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट तीन अर्ब रुपैयाँ मौज्दात रहने अनुमान सरकारको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया