राप्रपाकाे काठमाण्डौ केन्द्रित जनप्रदर्शन, सुरक्षा व्यवस्था कडा

 चैत २७, २०८० मंगलबार १२:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौ केन्द्रित जनप्रदर्शन गरिरहेकाे छ ।

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने तयारी गरेको र यसका लागि विभिन्न जिल्लाबाट मानिस काठमाण्डौ आएका राप्रपाले जनाएको छ ।

राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि हिजो काठमाण्डौ, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो ।

बैठकले विशेष सुरक्षा रणनीति बनाएको र त्यसैअनुसार सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया