राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

 चैत २७, २०८० मंगलबार १३:३८:३१ | रासस
unn.prixa.net

रासस

काठमाण्डौ – राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले पार्टी नेत्री विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पुडासैनी गएको माघमा राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।

राष्ट्रिय सभामा अहिले ५८ जना सदस्य छन् । माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य छन् ।

माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा एमाले, एकीकृत समाजवादी र जसपा नेपालबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति जुटाउने प्रयास भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया