कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक चल्न दिएन

 चैत २७, २०८० मंगलबार १५:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । गृहमन्त्री रवि लामिछानेसँग जोडिएको भनिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले आजको बैठक चल्न नदिएको हो ।

बैठक चलाउने विषयमा सहमति जुटाउन आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । सत्ता पक्ष छानबिन समिति बनाउन नसकिने र प्रतिपक्षले समिति गठन नगरि नहुने अडान कायम रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।

आजको प्रतिनिधि सभा बैठकको शुरुमै कांग्रेसका सांसदले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि बैठक फेरि बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया