गण्डकीमा एमालेको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा कांग्रेसको रिट

 चैत २७, २०८० मंगलबार १८:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकी प्रदेशमा सभामुखको समेत हस्ताक्षर गराएर नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ ।

एमालेका अधिकारीको नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।

सभामुख कृष्ण धितालको समेत हस्ताक्षर भए पनि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमालेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको निवर्तमान मुख्यमन्त्री पाण्डेको दाबी छ ।

अस्ति आइतवार एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा दाबी पेस गरेपछि प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया