आईपीएल क्रिकेटमा लखनउ र दिल्ली खेल्दै

 चैत ३०, २०८० शुक्रबार ११:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्टस् र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अहिले तेस्रो स्थानमा रहेको लखनउले अहिलेसम्म चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । पुछारमा रहेको दिल्लीले अहिलेसम्म पाँच खेल खेलेकाेमा एक खेल जित्दा चार खेल हारेकाे छ ।

यी दुई टाेलीबीच अहिलेसम्म तीन खेल भएकाेमा सबैमा लखनउ विजयी भएकाे छ । लखनउ केएल राहुलको कप्तानीमा छ भने दिल्लीका लागि ऋषभ पन्त कप्तान रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया