रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध हुने युक्रेनका प्रधानमन्त्रीको चेतावनी

 बैशाख ६, २०८१ बिहिबार १२:२४:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने युक्रेनका प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । प्रधानमन्त्री डेनिस स्मिहलले अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न माग पनि गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिवार मतदान हुँदैछ । रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गर्नुभएको थियो । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया