मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

 बैशाख ६, २०८१ बिहिबार १४:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि सभा, सम्मेलन,र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाइएको बताउनुभएको छ ।

जिल्ला सुरक्षा समितिमा छलफल भै शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न यस्तो निर्णय लिइएको सूचनामा उल्लेख छ । अब मोरङ जिल्लाभर राजनीतिक भेला, सामाजिक भेला, धार्मिक गतिविधिलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।

राम नवमीको दिन हिजो विराटनगर महानगरको वडा नम्बर १५ र १७ मा दुई वटा समूहको झडप भएको थियो । अवस्था थप बिग्रन नदिन प्रशासनले आज भेला र प्रदर्शनमा रोक लगाएको हो ।

सूचना:

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया