म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश

 बैशाख १०, २०८१ सोमबार ७:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डाै – म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै युनाइटेड फाइनलमा पुगेको हो ।

गएराति भएको खेल निर्धारित समय र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि टाईब्रेकरमा पुगेको थियो । ३ गाोलको अग्रता लिएको युनाइटेडले पछि फेरि ३ गोल नै खाए पनि अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो ।

खेलको २३औं मिनेटमा स्कट मक्टोमीनेले, पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले र ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दा युनाइटेडले खेलमा ३–० को अग्रता लिएको थियो ।

पछि कोभेन्ट्रीका लागि ७१औं मिनेटमा एलिस सिम्सले, ७९औं मिनेटमा क्यालम ओहारेले र इन्ज्युरी समयमा पेनाल्टी मार्फत हाजी राइटले गोल गरेर खेललाई बराबरी ल्याएका थिए ।

युनाइटेडले अब फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया