नेपाली सेना नागरिककाे सेवक हाे : उपरथी कडायत

 मंसिर ८, २०७५ शनिबार १५:१७:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम पृतनापती उपरथी झंकरबहादुर कडायतले नेपाली सेना नागरिकको सेवक भएको बताउनु भएको छ ।

डोटीको दिपायल राजपुरको सुल्लेक डाँडामा तैनाथ रहेको नेपाली सेनाको गुरु बक्स गुल्मको आयोजनामा शनिबार केआईसिंह गाउँपालिकाको सलेनामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै पृतनापती उपरथी कडायतले नेपाली सेना नागरिकको सेवक भएकाले बताउनु भएको हो ।

पृतनापती कडायतले सेना र नागरिक सधैँ सँगसँगैै हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिक भनेका हाम्रा आँखा हुन, आँखाको सधैँ रक्षा गर्नु हाम्रो नित्य कर्म हो ।’ कडायतले नागरिकलाई परेको समस्या बुझ्न र उनीहरुको उपचार गर्नका लागि आफूहरुले निःशुल्क स्वाथ्य शिविर चलाएको बताउनुभयो ।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले सेना हाम्रो घरको सदस्य भएको बताउनुभयो । गुल्मको निःशुल्क स्वास्थ शिविरमा ३ सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । सेनाले विद्यार्थीलार्इ पनि शैक्षिक सामाग्री प्रदान गरेकाे थियाे । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया