धान झार्ने थ्रेसरमा परेर दाङमा बालिकाको ज्यान गयाे

 मंसिर ८, २०७५ शनिबार १७:५९:१७ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ - धान झार्ने थ्रेसरमा परेर शनिबार दाङमा एक जना बालिकाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१६, मजगाउँमा धान झार्दै गरेकाे रहेको थ्रेसरको पंखामा परेर सोही ठाउँकी ७ वर्षीया विपना चौधरीको ज्यान गएको वडा प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

थ्रेसरको पंखामा कपडा बेरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया