दाङमा अागलागी, एक घर जल्याे, निभाउने प्रयास जारी

 मंसिर ११, २०७५ मंगलबार ८:३५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ –  दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर गाउँमा सोमबार राति अागलागी भएको छ । अागलागीमा स्थानीय समि उल्लाहकाे घर जलेर पूर्ण क्षति भएको स्थानीय किरण पाैडेलले जानकारी दिनुभयो । मानवीय क्षति भने भएकाे छैन ।

पाैडेलल भन्नुभयाे, 'अागलागीमा एउटा घर पूर्णरुपमा जलेर खरानी भयाे । गाउँमा अागाे फैलन नदिन गाउँलेले अागाे निभाउने प्रयास गरिरहेका छन् । लमहीबाट दमकल बाेलाएका छाैँ अझै अाइपगेकाे छेन । पानी अभावका कारण अागाे निभाउन समस्या भैरहेकाे छ ।' 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया