प्रहरीमा जागिर लगाइदिने भन्दै ७ लाख २० हजार ठग्ने पक्राउ

 मंसिर ११, २०७५ मंगलबार १७:५१:२६ | उज्यालो सहकर्मी

काठमाडौं – प्रहरीमा जागिर लागाइदिने भन्दै पैसा ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जागिर लगाइदिने भन्दै तीन जनासँग ७ लाख २० हजार ठगीको आरोपमा बीरगञ्जका सन्तोषकुमार पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बाराका तीन जनासँग पाण्डेले क्रमश : १ लाख ७० हजार, १ लाख ५० हजार रुपैयाँ र ४ लाख रूपैयाँ रकम ठगी गरेको प्रहरी जनाएको छ । उनले प्रहरी जवानको पदमा नियुक्ति भएको नक्किली नियुक्तिपत्र समेत दिएको पीडितले बताएका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया