कलाकार ‘इकु’ समाजसेवामा, असहाय बालबालिकाका लागि ‘स्नेह आश्रम’ निर्माण गर्ने

 मंसिर १३, २०७५ बिहिबार १५:४१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पछिल्लो समय नेपाली कलाकारहरु कलाकारितासँगै समाजसेवामा पनि अग्रसर हुन थालेका छन् । 

यसको गतिलो उदाहरण सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली, नायिका स्वेता खड्कालगायत हुन् । अन्य कलाकारहरुमा पनि त्यो जागरुकता देखिन थालेको छ । 

कलाकार शुलेमान शंकर जो ‘इकु’नामले परिचित छन्, उनी पनि समाजसेवातर्फ आकर्षित भएका छन् । 

टेलिचलचित्र मेरिबास्सैबाट दर्शकले शुलमानलाई ‘इकु’ नामले नै चिन्न थाले ।  उनले केही चलचित्रसमेत निर्माण गरिसकेका छन् । उनै ‘इकु’ले अब स्नेह आश्रम निर्माण गर्ने भएका छन् ।

‘इकु’ ले आफ्नो जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै स्नेह आश्रम निर्माण गर्ने बताएका हुन् । 

यसअघि नै उनले १४ जना बालबालिकालाई संरक्षण गर्दै आएका छन् । तिनै बालबालिकासँग जन्मदिनको केक काट्दै उनले भवन निर्माण गर्ने घोषणा गरेका हुन् ।

इकुले कार्यक्रममा भने, ‘मेरो संसार यिनै बालबलिका हुन् । अब यिनीहरुकै गाँस, बास, कपास र शिक्षाको लागि मेहनत गर्छु ।’

कार्यक्रममा सामाजिक अभियन्ता तथा हास्यकलाकार सुमन मगर, गायिका विनिता राई, सञ्चारकर्र्मी राजकुमार राई, जेरुङ फिल्म्सका प्रबन्ध निर्देशक नैना जेरुङ, गायक भिम राई, कलाकार रोमना जेरुङ लगायतले शुलेमानलाई सफलताको शुभकामना दिएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया