नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
कपिलवस्तु – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि १५ जना घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो ।
घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् ।