नचिनेका मानिसको समूहले वडाअध्यक्षको मोटरसाइकल जलाए

 मंसिर १८, २०७५ मंगलबार १५:४९:५ | नवीन गुरुङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका वाड नम्बर ५ का वडाअध्यक्ष जापान गुरुङको मोटरसाइकल नचिनेका मानिसको समूहले जलाइदिएका छन ।

गएराति वडाअध्यक्ष गुरुङको खाँदबारी नगरपालिका–३, मानेभञ्जाङ्गमा रहेको आफ्नै घर अगाडि राखिरहेको मोटरसाइकलमा आगो लगाएर जलाइएको पाइएको हो । गएराति झण्डै आठ बजेको समयमा नचिनेका मानिसको समूहले मोटरसाइकल जलाएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बेलुकी खाना खाइसकेर टीभी हेरिरहेको थिए । त्यतिबेला बाहिर ठूलो आवाज आयो, निस्केर हेर्दा मोटरसाइकलमा आगो लागिरहेको रहेछ । हत्तपत्त छरछिमेकी र साथीभाई बोलाएँ । प्रहरीलाई समेत खबर गरेँ ।’

मोटरसाइकल भर्खरै वडा कार्यालयको नाममा खरिद गरिएको हो । मोटरसाइकल पास गर्न समेत बाँकी रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।मोटरसाइकलमा आगलागी भएको बारेमा अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया