८८ वर्षीया वृद्धालाई किशोरले गरे बलात्कार

 पुस ३, २०७५ मंगलबार १५:५८:५० | जनार्दन घिमिरे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी –  गुल्मीको मालिका गाउँपालिकामा ८८ वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा १५ वर्षका किशोर पक्राउ परेका छन् । मालिका गाउँपालिका ५ छापहिले निवासी एक वृद्धालाई घरमा एक्लै बसेको अवस्थामा ती किशोरले बलात्कार गरेको वृद्धाले बताउनुभएको छ ।

आइतबार दिउँसो ४ बजेको समयमा घरमा कोही नभएको मौका पारि एक्लै बसिरहेकी वृद्धालाई बलात्कार गरेर भागेका ती किशोरलाई सोमबार दिउँसो पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ परेका किशोरलाई मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई कसुरजन्य कार्य गरेको अभियोगमा निगरानी कक्षमा राखी अपराधसंहिता अनुसार अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्रबहादुर खड्काले बताउनु भएको छ ।

आरोपित किशोरलाई मंगलबार नै जिल्ला अदालत गुल्मीबाट म्याद थप गरेपछि प्रहरीले  जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखेको छ । घटना आइतबार घटेको भए पनि ती वृद्धाले सोमबार मात्र आफूमाथि करणी भएको जानकारी दिनुभएको थियो ।

गुल्मीमा पछिल्लो समयमा बलात्कारका घटनाहरु बढ्दै गए पनि एउटा किशोरले ८८ वर्षीया वृद्धालाई बलात्कारको अभियोग जिल्लामा यो पहिलो घटना भएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया