भतिजको हत्या गर्ने काकालाई २५ वर्ष जेल

 पुस १२, २०७५ बिहिबार १९:१:१० | उषा तामाङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दोलखा – भतिजको हत्या गर्ने काकालाई जिल्ला अदालत दोलखाले २५ वर्षको जेल सजाय सुनाएको छ ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर –८, शैलुङका १० वर्षीय बालक कुशल विश्वकर्माको हत्या गर्ने उमेश विश्वकर्मालाई २५ वर्षको जेल सजाय सुनाएको हो ।

भदौ २७ गते कुशलको हत्या भए पनि १५ दिनपछि असोज ११ गते शैलुङको भैँसेडाँडामा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । 

भदौ २७ गतेबाट भैसे बजारमा जान भन्दै हिँडेका १० वर्षीय बालक कुशल विकको शव असोज ११ गते शैलुङको भैँसेडाँडामा फेला परेको थियो । हत्या आरोपमा मृतकको काका पर्ने २५ वर्षीय उमेश विकलाई दोलखा प्रहरीले कुशलको शव फेला परेको २४ घण्टा नबित्दै पक्राउ गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया