‘सुदूरपश्चिम महोत्सव’ सुरु

 पुस २०, २०७५ शुक्रबार १८:३९:३८ | निर्मला खडायत

कैलाली – ‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ शुक्रबारबाट कैलालीको धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव २०७५ सुरु भएको छ ।

विश्व ज्योति युवा क्लब र शक्ति युवा क्लबले आयोजना गरेको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले गर्नुभयो । महोत्सवको आयोजनाबाट वर्तमान परिवेशमा हाम्रो समाजमा लोप हुँदै गएका संस्कृति, धर्म र परम्परालाई प्रोत्सान गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

उहाँले महोत्सवले प्रदेशको संस्कृतिलाई प्रबद्र्धन र स्थानीय उत्पादनलाई समेत प्रोत्साहन गर्ने बताउनुभयो । त्यस्तै उद्घाटन समारोहमा धनगढी उपमहानगरापालिकाका प्रमृख नृपबहादुर वडले पर्यटकीय क्षेत्रको संवर्द्धन तथा विकासका लागि यस्ता खाले महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक श्याम विष्टले स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको बताउनुभयो । धनगढी उपहानगरपाकिा–२, भन्सार गाउँमा शुक्रबारबाट सुरु भई माघ २ गते चल्ने महोत्सवमा तीन सय वटा व्यापारिक स्टलहरु रहेका छन ।

७० लाखको लागतमा हुन लागेको महोत्सवमा ३ करोड बढीको कारोबार हुने र एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले बताएको छ । बाल उद्यान, कृषि प्रर्दशनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रर्दशन रहने जनाइएको छ ।

महोत्सव हेर्नका लागि सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । महोत्सव लाग्ने स्थान भारत सीमा नजिक रहेकाले भारतबाट समेत दर्शक आउने अपेक्षा आयोजकले गरेको छ । 
 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया