विराटनगरमा क्यान इन्फोटेक आईटी मेला : ५० प्रतिशतसम्म छुट

 पुस २२, २०७५ आइतबार ११:३८:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरमा जारी सुबिसु क्यान इन्फोटेकमा सर्वसाधारणको भिडसँगै विभिन्न आइटममा विशेष छुटको व्यवस्था गरिएको छ । 

विभिन्न स्टलहरुबाट बिक्री वितरण भैरहेको ल्यापटपमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै एन्टीभाइरसमा ५० प्रतिशतसम्म छुट दिइएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टीभाइरस हाल्न नजान्नेहरुको लागि मेलामै सिकाइने तर समस्या हुँदा नजिकको बिक्रेताकहाँ  गएर निःशुल्क सेवा लिन सकिने व्यवस्था मेलामा गरिएको हो ।

त्यस्तै अन्य एसेसरिजहरुमा पनि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सिसी टिभीको सिसी प्लसको क्यामेरामा २२ प्रतिशतसम्म छुट दिइएको मेला आयोजक समितिका सचिव सुमितकुमार साहले जानकारी दिनुभयो ।  त्यस्तै इन्टरनेट सेक्युरिटीको खरिदमा एउटा मोबाइल सेक्युरिटी फ्री गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

मेलामा कम्युटर तथा अहिलेको नयाँ प्रविधिको बारेमा विद्यार्थीलाई जानकारी दिने उदेश्यले मेला प्रवेशमा कलेज र स्कुलका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ । कलेज तथा स्कुलको तर्फबाट परिचय पत्र र स्कुल पोसाकमा आउने विद्यार्थीहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको साहले बताउनुभयो ।

त्यस्तै मेलामा रोबो वार समेत भएको छ । हरेक कलेजले टिम बनेर रोबोवारबाट प्रतिस्पर्धा भैरहेको र यसबाट उत्कृष्ट हुने टिमले पुरस्कार प्राप्त गर्ने छ ।

शनिबार सार्वजनिक बिदा भएकोले स्मार्ट सिटी र साइबर सेक्युरिटीसम्बन्धी गाउँपालिका, नगरपालिका, विभिन्न व्यावसायिक प्रतिष्ठान तथा संघ संस्थाका कम्युटर अधिकृतहरुका बीच कार्यशालासमेत भएको छ ।  त्यसमा युवाहरुको उल्लख्य सहभागिता रहेको थियो ।

सोमबारसम्म चल्ले मेलामा हरेक दिन साँझ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सचिव साहले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया