म्यानचेस्टर सिटी पराजित, उपाधि यात्रामा धक्का

 माघ १६, २०७५ बुधबार ८:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्यूक्यासलसँग दुई एकले पराजित भएको छ । हारपछि सिटीको उपाधि यात्रामा ठूलो धक्का लागेको छ । 

बुधबार बिहान भएको खेलमा सिटी न्यूक्यासलसँग पराजित भएपछि त्यसको फाइदा शीर्ष स्थानको लिभरपुललाई भएको छ । जेम्स पार्कमा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको पहिलो मिनेटमा नै सिटीले सर्जियो अगुइरोको गोलमा अग्रता बनाएको थियो ।

त्यसपछि न्यूक्यासलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा रोनडनको गोलमा बराबरी गरेको न्यूक्यासलले ८० औं मिनेटमा रिट्चीको पेनाल्टी गोलमा अग्रता बनायो ।

त्यसपछि स्टार खेलाडीले भरिएको सिटी खेलमा फर्कन सकेन र पराजित भयो । जारी लिगमा सिटीको दोस्रो हार हो । सिटीको हारपछि शीर्ष स्थानको लिभरपुलले चार अंकको अग्रता कायमै राखेको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया