नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिका–१, लुङगेली भन्ने ठाउँमा एक घर जलेर नष्ट भएको छ ।
स्थानीय दिलबहादुर लुङगेलीको घरमा बुधबार आगलागी हुँदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीको अनुसार, विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घरभित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबाइल जलेर नष्ट भएको हो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने मानवीय र पुशचौपायाको भने कुनै क्षति नभएको जल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।