भारत र म्यानमारको सीमावर्ती क्षेत्रबाट १०० भन्दा बढी नेपाली महिलाको उद्धार

 माघ १९, २०७५ शनिबार २०:११:४८ | एजेन्सी

भारतको मणिपुर प्रहरीले शुक्रबार भारत तेनगोपाल जिल्ला र म्यानमारको सीमावर्ती क्षेत्र मोरेबाट कम्तीमा १०० जना नेपाली महिलाको उद्धार गरेको छ ।

साथै उनीहरुलाई लैजाने एक तस्करलाई पनि प्रहरी गिरफ्तार गरेको छ ।

भारतीय प्रहरीले ती महिलाहरुलाई म्यानमारको बाटो हुँदै विभिन्न दक्षिण एसियाली तथा मध्यपूर्वी राष्ट्रहरुमा तस्करी गरिन लागेको हुनुक्ने शंका व्यक्त गरेको छ । 

प्रहरीले पनि गिरफ्तार गरेको तस्कर नेपालको सिन्धुपाल्चोक जिल्लाको ४२ वर्षीय आशाकाजी तामाङ भएको खुल्न आएको छ । प्रहरीका अनुसार ती महिलाहरुलाई शुक्रबार बिहानैदेखि जारी खोजी कार्यका दौरान मोरे शहरको विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।

मणिपुर बाल अधिकार संस्था एमएसीआरका संयोजक मोन्टु अहन्तमले स्थानीय इण्डियनएक्सप्रेस लाई बताएअनुसार दिल्लीमा रहेका संस्थाका एक सदस्यले दिल्ली महिला आयोगले दिल्लीबाट ३ महिलाको उद्धार गरेको भनेरे सूचना दिएका थिए ।

ती तीन महिलाले थुप्रै महिलाहलाई नेपालबाट भारत लान लागिएको सूचना दिएका थिए ।

माइती नेपालबाट यो सूचनाको पुष्टि भएपछि खबरदारी गरिएको थियो । माइती नेपालका अनुसार दिल्लीमा भेटिएका तीन महिलालाई सोधपूछ गरेपछि अरु महिलाहरुलाई भारतको उत्तर पूर्वी क्षेत्रको म्यानमारको सीमावर्ती क्षेत्रतर्फ लैजाँदै गरिएको पत्ता लागेको थियो ।

प्रहरीले शुक्रबार बेलुकी मोरे शहरकै एउटा होटेलबाट ६१ जना अरु महिलाहरुको पनि उद्धार गरेको थियो ।
एमएसीआरका संयोजक मोन्टुले यो अहिलेसम्मकै ठूलो उद्धार अपरेशन भएको र प्रहरीको सहयोगविना यो सम्भव नहुने बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया