मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने, भोलि देशभर सार्वजनिक बिदा

 फागुन १५, २०७५ बुधबार २०:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । 

हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका अधिकारीका राजकीय सम्मानका अन्त्येष्टी गरिने र भोलि देशैभर शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय पनि भएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

स्वर्गीय अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गर्नको लागि सरकारले सबै व्यवस्था गर्ने पनि निर्णय भएको छ । 
भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम,  नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकासप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने रहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया