प्रधानमन्त्रीले गरे ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियानकाे शुभारम्भ

 बैशाख १, २०७६ आइतबार १६:१४:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्नुभएकाे छ ।

नयाँ वर्षका अवसरमा नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोल्न लगाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गर्न लागेको हो । सो बीमाको प्रिमियम नेपाल सरकारले तिर्नेछ ।

हाल देशका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ । हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो ।

सबै स्थानीय तहमा वित्तीय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया