आईपीएल : राजस्थानका रियान परागकाे सर्वाधिक कम उमेरकाे अर्धशतक, तर टाेली भने बाहिरियाे

 बैशाख २१, २०७६ शनिबार २०:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सका रियान परागले दिल्लीविरुद्ध शनिबार अर्धशतक बनाएका छन् ।

आईपीएल क्रिकेटको इतिहासमा अर्धशतक बनाउने उनी सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् । १० नोभेम्बर २००१ मा भारतको गुवाहाटीमा जन्मिएका परागले १७ वर्ष १७५ दिनको उमेरमा अर्धशतक बनाएका हुन् ।

उनले राजस्थानको खराब पारीलाई अर्धशतक बनाएर उकासेका थिए । उनको अर्धशतकको मद्दतले दिल्लीलाई ११६ रनको लक्ष्य दिएको थियो । तर दिल्लीले ५ विकेटको जीत निकालेपछि परागको टिम राजस्थान रोयल्स जारी आईपीएलबाट भने बाहिरिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया