वेष्ट इण्डिजसँग न्यूजील्याण्ड ९१ रनले पराजित

 जेठ १५, २०७६ बुधबार ७:५२:१२ | एजेन्सी
unn.prixa.net

विश्वकपको पूर्वसन्ध्यामा भैरहेको अभ्यास खेलमा वेष्ट इण्डिजले न्यूजील्याण्डलाई ९१ रनले हराएको छ । 

यो विश्वकपमा अहिलेसम्मकै कीर्तिमान स्कोर बन्छ भन्ने अनु्मानलाई वेष्ट इण्डिज र न्यूजील्याण्डबीचको खेलले संकेत समेत दिएको छ । 

पहिला ब्याटिङ गर्दै वेष्ट इण्डिजले ४२१ रनको विशाल योगफल तयार पारेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको इण्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ४२१ रन बनाएको थियो ।

इण्डिजका लागि साई होपले शतकीय योगदान दिए । उनले ८६ बलमा १०१ रन बनाएका थिए । आन्द्रे रसेलले २५ बलमा ५४ रन बनाउँदा इभिन लुइसले पनि ५० रनको अर्धशतकीय पारी खेले । कप्तान ज्यासन होल्डरले ३२ बलमा ४७ रन र क्रिश गेलले २२ बलमा ३६ रन जोडे । 

ब्लिङतर्फ ट्रेन्ट बोल्टले चार विकेट लिए भने म्याट हेनरीले दुई विकेट लिए । 

४२२ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । उसका टम ब्लन्डेलले शतकीय योगदान दिए भने केन विलियमसनले ८५ रनको उत्कृष्ट इनिङ खेले । इश सोधीले पनि ३९ रन बनाउँदा न्यूजील्याण्डले ३३० रनको सम्मानजनक योगफल तयार पार्‍यो ।

न्यूजील्याण्डलाई ४७.२ ओभरमा अलआउट पार्नका लागि कार्लोस ब्राथह्वाइटले तीन विकेट लिए भने फावियन एलेनले दुई विकेट लिए । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया