इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।
पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्डले’ जारी गरेको विज्ञप्तिमा सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्ने समाचारमा सत्यता नभएको पनि दावी गरिएको छ ।
‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना पनि नभएको स्पष्ट पार्न चाहन्छौँ ।’
पार्टीलाई दमन गर्न सरकारी षड्यन्त्र अनुरुप नै यस्ता खालका खबरहरु फैलाएको पनि उसको दावी छ ।
याे पनि पढ्नुहाेस्
सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण प्रयास हल्ला मात्र : गृह प्रवक्ता
सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने विप्लव समूहको प्रयास असफल