लाेकसेवा आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको छ: अध्यक्ष मैनाली

 असार १, २०७६ आइतबार १५:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताउनु भएको छ । 

अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो । आयोगको ६९ औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले प्रदेश लोक सेवा आयोग गठन छिटोहोस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धी जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी पनि दिनुभयो ।

अध्यक्ष मैनालीले आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको दावी पनि गर्नुभयो । साथै उहाँले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताउनु भयो । 

अन्तिम अपडेट: असार १९, २०७६

तपाईको प्रतिक्रिया