नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले प्रहरीसँगको झडपमा परेर ज्यान गुमाएका सर्लाहीका सरोजनारायण सिंंहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंंहको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभएको हो ।
मन्त्रिपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने बताउनु भयो ।