संसदमा कांग्रेस र राजपाकाे नाराबाजी, बुधबारसम्मका लागि बैठक स्थगित

 साउन १३, २०७६ सोमबार १४:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण  प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएकाे छ । 

नेपाली कांग्रेस र राजपाका सांसदलाई आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

सर्लाही घटनाको छानबिनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले त्यही मागबारे ध्यानाकर्षण गराउन उभिएको भए पनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउँदै ‘शून्य समयको कारबाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

उनीहरुले 'संसदीय सर्वोच्चता कामय ग'र, 'मानवअधिकार हनन गर्न पाइँदैन', 'लाल आयोगको प्रतिवेदन सार्वजनिक गर' भन्दै रोष्ट्रम अगाडि नाराबाजी गरे ।

संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दे आएका राजपा र नेपाली कांग्रेसका सांसदहरुको नाराबाजी र अवरोधका बीच गत असार २५ गते सभामुख महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न समय दिएर कार्यसूची अघि बढाउनुभएको थियो ।

त्यसपछि ३० गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन ८ गते सम्मका लागि सारिएको थियो । नेपाली कांग्रेस र राजपाका सांसदहरुले ८ गते भने बाढी पहिरोका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका लागि बैठक संञ्चालन गर्न सहमति जनाएका थिए ।

उनीहरुले संसदीय छानबिन समिति गठन नभए सोमबारको बैठक चल्न नदिने पूर्व सूचना पनि दिएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया