सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – नेपाल चिकित्सक संघले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका विषयमा १५ औँ पटक अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र महासचिव डा. लोचन कार्कीले बुधबार संयोजक डा. भट्टराई भेटी अनसनरत डा. केसीको जीवन रक्षाका लागि सरकारसमक्ष विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो ।
डा. केसी १५ औँ पटकसम्म अनसन बस्नुपर्ने बाध्यात्मक घटनाक्रमले नेपालमा चिकित्सकीय पेशाको मर्यादा नै धरापमा पर्दै गइरहेको भन्दै संघले संयोजक डा. भट्टराईलाई यसअघि संघ र डा केसीसमक्ष सरकारले गरेको पटक पटकको सम्झौता तथा माथेमा आयोगको प्रतिवेदनबमोजिम मेडिकल कलेजहरुको गुणस्तर, विश्वसनीयता तथा पारदर्शीता कायम गर्न माग गरेको छ ।
संघको आग्रहलाई अस्वीकार गरिए डा. केसीको जीवन रक्षाका लागि मुलुकभरका आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी समेत संघले दिएको छ ।
Kedarnath subedi
July 12, 2018, 7:45 a.m.युरोपियन युनियन र दिल्लिलाइ काँधमा बोकेर हिडने बाबुराम लाई जीवन रक्षाकोलागी हारगुहार गर्नुले ।नाटकको उद्देश्य प्रस्ट हुदैछ ।