पोग्बाले मागे दोब्बर पारिश्रमिक

 असोज १३, २०७६ सोमबार ६:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले क्लबसँग दोब्बर पारिश्रमिक माग गरेका छन् ।

समर ट्रान्सफर विन्डोमा रियल मड्रिड जान इच्छुक रहेका पोग्बालाई क्लबले जान दिएको थिएन । उनलाई अनुबन्ध गर्नका लागि रियलसँगै युभेन्टसले पनि इच्छा देखाएको थियो ।

पोग्बा पनि युनाइटेड छोड्न चाहन्थे । क्लबका कारण स्थानान्तरण सम्भव नभएपछि पोग्बाले युनाइटेडसँग अहिले खाइरहेको परिश्रमिकको दोब्बर रकम माग गरेको कुरा बाहिर आएको छ । उनले क्लबमा वार्षिक तीस मिलियन पाउण्ड पारिश्रमिक माग गरेका छन् ।

स्थानान्तरण सम्भव नभएपछि उनले नयाँ सम्झौता गर्न क्लबलाई दबाब दिइरहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया